‘मास्क अनिवार्य’ अभियान (फोटो फिचर)

विराटनगर । स्थानीय युवा तथा वडा प्रहरी कार्यालय विराटनगरको सहकार्यमा शुक्रबार अनिवार्य मास्क लगाउने सम्बन्धी अभियानलाई आज (आईतबार) पनि निरन्तरता दिईएको छ ।

विराटनगरका विभिन्न स्थानमा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी अधिकृतद्वय प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतम र प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा मास्क अनिवार्य लगाउने सम्बन्धी जनचेतना मूलक जानकारी सहित मास्क वितरण गरिएको हो ।

कोरोना भाईरस कोभिड– १९ ले विश्व नै आक्रान्त भएको अवस्थामा लकडाउन खकुलो भएसँगै अधिकांश नागरिकहरु मास्क नलगाई घर बाहिर निस्कने प्रवृत्ति बढेकाले अनिवार्य मास्क अभियान थलिएकोे वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी वेदप्रसाद गौतमले बताए ।

कोरोना भाईरस सम्बन्धी जानकारी भएर पनि अन्जान बनेर मास्क गोजीमा बोकेर हिँड्ने गरेको र अझै पनि आम नागरिकलाई मास्क लगाउनुस् भन्दै आग्रह गर्नुपर्ने अवस्था रहेको उनको गुनासो छ । शुक्रबारदेखि थालिएको उक्त अभियानको केही मात्रामा प्रभाव परेको गौतमको भनाई छ ।

एक हप्तासम्म मास्क नलगाउनेलाई सम्झाई बुझाई मास्क लगाउन लगाउने तथा मास्क नभएकालाई मास्क वितरण गर्ने र त्यस पछिका दिनहरुमा पनि मास्क नलगाउनेलाई जरिवाना तिराउने उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *