वरिष्ठ नेताहरुलाई प्रचण्डको बिफिङ्ग : ‘ओलीसँग कुनै सहमति भएको छैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बिफिङ्ग गरेका छन् ।

शनिबार (हिजो)को नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको ‘अर्ली अधिवेशन’को प्रस्तावमा सहमति जनाएका प्रचण्डले आइतबार (आज) आफ्नै निवासमा वरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँग कुनै सहमति नभएको बिफिङ्ग गरेका हुन् ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लगायत नेताहरूलाई प्रचण्डले आज बिहान खुमलटार बेलाएर ओलीको प्रस्तावमा सहमति नभएको ब्रिफिङ्ग गरेका हुन् ।

“केही सहमति भएको छैन । मलाई कमजोर बनाउने कुरा हो । मैले असहमति जाहेर गरेकै हो । गलत ढंगले बाहिर ल्याइएको हो ।” प्रचण्डले बिफिङ्गको क्रममा भनेको खुमलटार पुगेका एक नेताले भने, ‘एकीकरण प्रक्रिया सकिएको छैन । सदस्यताको टुंगो लाग्नुपर्यो । वैचारिक बहस हुनुपर्यो । यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन ।’

यसअघि शनिबार (हिजो) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरमा अधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए । त्यसपछि प्रचण्डले समर्थन जनाएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *