नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित [विज्ञप्तिसहित]

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

आइतबार (आज) दिउँसो ३ बजेका लागि तय भएको बैठक पनुः  स्थगित भएको नेकपाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

अर्को बैठक पर्सि ६ गतेका लागि बोलाइएको छ । नेकपाभित्र प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटीमै राखेपछि विवाद छ ।
सहमति खोज्न शनिबार (हिजो) सचिवालय बैठक राखे पनि कुनै सहमतिमा नेताहरू पुगेनन् । अध्यक्ष प्रचण्ड निवासमा आज माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायत छलफल पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *