संसदको रिक्त समानुपातिक सिटमा ज्वारचन, आजै शपथ

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले आइतबार (आज) गुल्मीकी सुवर्ण ज्वारचनलाई समानुपातिकतर्फ संसद सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।

समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त प्रतिनिधि सभा सदस्यको पदमा ज्वारचनलाई नियुक्त गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसकी उम्मेदवार गुल्मीकी छन्त्यालको गत १७ असारमा निधन भएको थियो । ज्वारचनलाई आज २ बजे सपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *