विप्लवले बाँकेमा गर्‍यो ६ बिगाह जमिन कब्जा

काठमाडौं । बाँकेमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको थारुवान् स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ ।

सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।

आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त जमिन ४१ जनाको नाममा वितरण गरिएको थियो । त्यो जग्गा पाउनेमा हुकुम्बासी बढी रहेको चर्चा केही दिनदेखि जिल्लामा छ ।

जनपरिषदले केन्द्रीय नीति अनुसार भन्दै उक्त जग्गामा ब्यानर टाँसेर कब्जामा लिएको घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *