चितवनमा गाई काटेको आरोपमा एक जना पक्राउ

भरतपुर । चितवनमा गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं. ३ दुईसय विगाहा बस्ने भीमवहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

स्थानीय सन्तबहादुर तामाङको घरमा १२ बजे राती गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सन्तवहादुरको घर पछाडी रहेको गोठमा मासु भाग लगाउने क्रममा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञ लगायतको उपस्थितीमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडिएको वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए । गाईकाटेको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *