मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्ताव नेकपाकै नेताहरुले पत्याएनन्
२०७७ साउन ३ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसेको नेकपा सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । तर नेकपाकै नेताहरुले उक्त प्रस्ताव पत्याउन नसकिएको बताएका छन् ।
नेकपा भित्रबाटै प्रधानमन्त्रीको राजीनामा माग भइरहेका वेला एकातर्फ आन्तरिक विवादका कारण दुबै अध्यक्ष बीच कुरा नमिलेर सहमति हुन नसकेको अवस्थामै प्रधानमन्त्रीले सचिवालय बैठकमै उक्त प्रस्ताव गर्दा नेकपाका कतिपय नेताहरु अच्चम्ममा परेका छन् । प्रधानमन्त्रीको उक्त प्रस्तावप पत्याउनै नसकिने नेताहरुको भनाइ छ ।
तर प्रस्ताव सकारात्मक भएको नेताहरुले बताएका छन् । यस्ता प्रस्ताव विगतमा पनि आएका र कार्यान्वयन हुन नसकेको नेताहरुको भनाइ छ ।
२०७७ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








