सचिवालय बैठकलगत्तै प्रधानमन्त्री शीतलनिवास प्रस्थान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवासतर्फ लागेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतल निवासतर्फ लागेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म बसेको थियो ।

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको जनाइएको छ ।

बैठकमा पार्टीको आन्तरिक संकटलाई सहमतिकै आधारमा समाधान गर्ने विषयमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उृनले भने, ‘पार्टी भित्रको संकट समाधान गर्न सकिन्छ भन्ने विषयमा पार्टीका अध्यक्ष र साथीहरुले विचार राख्नुभयो, ‘स्थायी कमिटी र पार्टीमा आएका विभिन्न विचारलाई सम्बोधन गर्ने गरी सहमति गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =