कोरोना अपडेटः आज थपिए ५७ जना, डिस्चार्ज हुनेको संख्या कति ?

काठमाडौं । आज कोभिड–१९ का ५७ जना मात्र नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरका २७ वटा कोरोना परीक्षण सेन्टरमा गरीएको परीक्षणमा ५७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज फेला परेका हरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोशाला विराटनगरमा २ जना रहेका छन् ।

यसैगरी नारायणी प्रयोगशालामा १ जना, राष्ट्रय प्रयोग शाला टेकुमा ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ जना, दैलेख पिसिआर प्रयोगशालामा ४ जना, चौरहजारी जनस्वास्थ्य प्रयोगशालामा ४ जना, डडेलधुरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ११ जना र सेती प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमण हुनेको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ रहेको छ । कोरोना सक्रिय रहेको संख्या ५ हजार ८ सय २५ रहेको छ । २४ घण्टामा देशभर ३ हजार ३ सय २१ जनाको रियल टाइम पिसिआरबाट कोरोना परीक्षण भएको छ ।

हाल देशका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना रहेका छन् । आइसोलेसनमा रहनेहरुको संख्या ५ हजार ८ सय २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *