स्थानीयको ढुङ्गा प्रहारबाट दुई प्रहरी घाइते

काठमाडौं । बाजुरामा स्थानीयको ढुङ्गा प्रहारबाट दुई प्रहरी घाइते भएका छन् ।

बुढीनन्दा नगरपालिका वडा नं. ७ मा स्थानीयहरुबीच विवाद भएपछि पुगेको प्रहरी टोलीमथि शनिबार (आज) स्थानीयले ढुङ्गामुढा प्रहार गर्दा असई दिलिपसिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते भएका हुन् ।

घटनामा संलग्नहरुको खोजी गरिरहेको प्रहरी टोलीमाथि गाउँलेले ढुङ्गामुढा प्रहार गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।

घाइतेहरुको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *