सचिवालय बैठकअघि ओली-प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टू वान’ भेटवार्ता हुने भएको छ ।

सचिवालय बैठकको समय दिउँसो ३ बजेका लागि प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सचिवालय बैठकअघि अध्यक्षद्वयबीच वान टू वान वार्ता हुनेछ । गत १० असारबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ ।

हिजो डाकिएको स्थायी कमिटी बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *