‘नेकपाभित्रको विवाद नीतिका लागि होइन व्यक्तिका लागि हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारूढ नेकपाभित्रको विवाद नीति, पद्धति र प्रणालीबारे नभइ निन्तान्त व्यक्तिगत र व्यक्ति केन्द्रित रहेको उल्लेख गरेका छन् ।

शनिबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ट्वीट् गर्दै अध्यक्ष थापाले व्यक्ति परिर्वतनमा केन्द्रित विवादले समस्याको समाधान नहुने उल्लेख गरेका हुन् ।

“सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गर्ने आँट गर्नुस् । होइन भने जनादेश अनुसार पाँच वर्ष मिलेर काम गर्नुस्” थापाले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *