नेकपा सचिवालय बैठक बस्दै, साम्य होला विवाद ?

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार (आज) बस्दै छ ।

नेकपाको आन्तरिक विवाद समाधानका बारेमा बैठकमा छलफल हुने बताइएको छ । दिउँसो ३ बजे बस्ने बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने छ ।

गत १७ असारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

यता ओली भने दुवै पद नगुमाउने भनी अडान लिएका छन् । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल हुँदै आएको छ । तर ती छलफलको नतिजा भने शून्य छ ।

यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक शुरु भएको थियो । गत शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

सचिवालय बैठकपछि आइतबार (भोलि)अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *