नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा म्याग्दीका पहिरो पीडितलाई सहयोग

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले भारी वर्षाका कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक  बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाले जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेका छन् ।

सो अवसरमा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक दिलेश अर्याल पनि उपस्थित थिए । बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दश जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा सहयोगको हात बढाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *