नेकपा स्थायी समिति बैठक सर्यो, ३ बजे बस्ने
२०७७ साउन २ गते

फाेटाे फाइल
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक ३ बजेसम्मका लागि स्थगित भएको छ ।
पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि असार १८ गतेदेखि पटक पटक स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने भनिएको थियो । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेका कारण स्थायी समिति बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएपछि पार्टीभित्र उनको राजीनामाको कुरा उठिरहेका छन् । स्थायी समितिका बहुमत सदस्यले राजीनामा माग्न थालेपछि प्रधानमन्त्रीले बैठक फेस गर्न सकिरहेका छैनन् ।
यसअघि पनि अध्यक्ष दाहाल र ओलीबीच छलफल हुँदै आएपनि पार्टीभित्रकाे विवाद अझै सुल्झिन सकेकाे छैन ।
२०७७ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








