त्रिपक्षीय वार्ता शुरु : ओली-प्रचण्डबीच थपिए नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको त्रीपक्षीय वार्ता शुरु भएको छ ।

वार्ता प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि शुरु भएको हो । वरिष्ठ नेता नेपाललाई पनि डाकिएको आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

“वार्ता बाक्लिएको छ । वार्ता सकारात्मक दिशातिर गएको छ भन्नेसम्म बुझिएको छ ।” नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले जानकारी दिए । स्थायी कमिटी बैठकको स्थागित मिती आज सकिँदैछ ।

ओली-प्रचण्डबीच भएको दर्जनौं भेटमा सहमति हुन सकको छैन । ताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ ।

प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर २ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पूरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो ।

तर, दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ । नेता नेपालले यसअघि नै एक पद एक जिम्मेवारी लागू गर्नुपर्ने भन्दै सचिवालय बैठकमा नोटअफ डिसेन्ट राख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *