बुधबार ५९३ जना नेपाली स्वदेश फर्किए [विवरणसहित]

काठमाडौं । बुधबार (हिजो) ५९३ जना नेपाली विभिन्न देशहरुबाट स्वदेश फर्केका छन् ।

सीसीएमसीले दिएको जानकारीअनुसार हिजो मलेसिया, सिंगापुर, अष्ट्रेलिया यूएई र कतारबाट गरी जम्मा ५९३ जना स्वदेश फर्केका हुन् ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरहरुमा लगिएको पनि सीसीएमसीले जनाएको छ ।

गत २८ असारसम्मा २७ हजार ५ सय ३२ जना नेपाली नेपाल फर्किएका थिए ।

विवरण। श्रोतः सीसीएमसी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *