ओली, प्रचण्ड र नेपालबीच छलफल हुँदै, आउला त निकास ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको निकास निस्कन नसकेको बेला केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

तीन शीर्ष नेताहरुबीच बिहीबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भेटवार्ता हुने प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

पटक पटक स्थगित हुँदै आएको बैठक २ साउनसम्मलाई स्थगित भएको छ । भोलि बस्ने भनिएको बैठकअघि नै निकासका उपाय पहिल्याउनुपर्ने दबाब नेतृत्वलाई छ ।

यसअघि ओली-प्रचण्डले हिजो पनि सहमति खोज्ने प्रयासस्वरुप ‘वान टू वान’ भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *