सिन्धुपाल्चोकको पहिरोमा परी एकको मृत्यु, ४ वेपत्ता (अपडेट)

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नंबर ४ स्थित फुल्पिङकट्टी गाउँमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ४ महिला बेपत्ता भएका छन ।

पहिरोले ३५ बर्षीया निमा साङ्मु शेर्पाको मृत्यु भएको छ । उमेर खुल्न नसकेको आमा सोम्बुटी शेर्पा, ४८ बर्षीया सेम्साङ शेर्पा, १६ बर्षीया याङ्जी शेर्पा र १२ बर्षीया छिरिङ ओङ्मु शेर्पा बेपत्ता भएको स्थानीयले बताएका छन् ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरो । तस्वीर : श्रीधर न्यौपानेको फेसबुकबाट

पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै एकै घरका आमा, छोरी, बुहारी नातीनीहरु रहेको बताइएको छ । आज विहान १ तिर घरमाथी रहेको कच्ची सडक खनेको डिल भत्किएर पहिरो आउँदा घर बगाएको हो ।

पहिरोले नजिकै रहेको अर्को एक घरमा पनि क्षति पुगेको छ । उद्धारका लागि प्रहरी घटनास्थल तर्फ गैरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *