ओपोद्वारा नयाँ मोडेलका चार्जर सार्वजनिक

शन्चन । ओपोले नयाँ मोडेलका चार्जर सार्वजनिक गरेको छ । आज आधिकारिक रुपमा १२५ वाट फ्ल्याशचार्ज, ६५वाट एयरभोक वायरलेस फ्ल्याशचार्ज, अल्ट्रा(स्मलपोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै ११० वाट मिनी फ्ल्याशचार्जर सार्वजनिकको घोषणा गरेको हो ।

सार्वजनिक गरिएको १२५ वाट फ्ल्याशचार्ज प्रविधिले मोबाइलफोन उद्योगमा फ्ल्याशचार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनीधित्व गरेको छ । उन्नत एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित तापमान नियन्त्रक रेगुलेटर्सका साथमा यसले फ्ल्याशचार्जिङ उपकरणहरुमा सुरक्षाका साथै सटिकता प्रदान गर्छ । ६५ वाट एयरभोक वायरलेस फ्ल्याशचार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ । पहिलो पटक सार्वजनिक गरिएका ५० वाट मिनी सुपरभोक चार्जर र ११० वाट फ्ल्याशचार्जर ओपोको भोक फ्ल्याशचार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु हुन् । यिनमा समाविस्ट गरिएका हल्का, पातला तथा पोर्टेबल विशेषताका कारण यस प्रविधिलाई उच्च शक्ति सहितका चार्जरहरुको क्षेत्रमा अग्रणीको पहिचान दिलाएको छ ।

ओपोका चिफचार्जिङ टेक्नोलोजी साइन्टिस्ट, जेफ चाङ्गले भने, ‘विश्व बजारमा फाइभजीको तिब्र रोलआट र अत्यधिक उर्जा खपत गर्ने गेमिङ तथा भिडियो एप्सले मोबाइल फोन तथा प्रयोगकर्ताको चार्जिङ अनुभवका क्षेत्रमा नयाँ चुनौती थपिएको छ । सन् २०१४ मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरेदेखि नै ओपोले फास्ट चार्जिङ विकासका क्षेत्रमा आफ्नो अग्रता कायम राख्दै आएको छ । हाई पावर, तार रहित र अल्ट्रा(स्मलचार्जिङ प्रविधिका क्षेत्रमा पनि आफ्नो विशेषज्ञता र भूमिकालाई निरन्तरता दिँदै प्रयोगकर्तालाई सुरक्षित, सदृढ र सहज अल्ट्रा(फास्ट चार्जिङ अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

१२५ वाट फ्ल्याशचार्ज : फाइभ जी यूगका लागि तिब्र चार्जिङ
ओपोको १२५ वाट फ्ल्याश चार्ज प्रविधिले डाइरेक्ट चार्जिङ प्रविधिको प्रयोग गर्दै ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई ५ मिनेटमै ४१% सम्म र २० मिनेटमै पूर्णरुपमा चार्ज गर्ने क्षमता राख्छ । त्यसैगरी यो सुपरभोक र भोक फ्ल्याश चार्जका प्रोटोकलसँग पनि मिल्ने हुनुका साथै ६५ वाट पीडी र १२५ वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलहरुसँंग पनि मिलना हुने गरी विकास गरिएको छ । हालका लागि भने यो नै उद्योग मै सर्वाधिक उन्नत फ्ल्याशचार्जिङ प्रविधि हो ।

सुपरभोकको प्राविधिक डिजाइनबाटै विकसित १२५वाट फ्ल्याश चार्जमा ब्यापक आर्किटेक्चरल अपग्रेड गरिएको छ । यसले २० भी ६.२५ए चार्जिङ स्किम सपोर्ट गर्नुका साथै, चार्जको आकारमा बृद्धि नगरिकनै चार्जिङ समयमा कटौतीका लागि पावर डेन्सिटी प्रोपर्टीमा पनि सुधार उपलब्ध गराएको छ । ब्याट्रीका कुरा गर्दा यसमा सुदृढ ब्याट्री रेसियोका साथमा डबल(६सी सेल्स, उद्योगकै अग्रणी मल्टिपल ट्याब स्ट्रक्चर, चार्ज पम्प्स र चार्जिङ क्षमतामा सुधारका लागि उच्चतम एकिकृत एमसीयू जडान गरिएको छ । साथै, १२५वाट फ्ल्याश चार्जमा चार्जिङको अवस्था र चार्जिङको समयमा सुरक्षा सुनिश्चितताका लागि यसमा १० थप तापमान सेन्सर्सको पनि प्रयोग गरिएको छ । त्यसैगरी, यस प्ल्याटफर्मले थप सुरक्षार्थ, फ्युस ओभरभोल्टेज सुरक्षा उपायहरु, टाइप(सी टू टाइप(सी वायरका साथै, १२८(बिट हाई(स्ट्रेन्थएन्क्रिप्सनअल्गोरिथमको पनि प्रयोग गर्छ ।

६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्जः वायरलेस चार्जिङ प्रविधिको विकासको प्रतिनीधित्व गर्दै

प्रयोगकर्ताहरु चार्जिङ केबलले गर्ने असुविधा र समस्याबाट छुटकारा चाहनुका साथै आफ्ना उपकरणहरु तिब्र गतिमाचार्ज होस् भन्ने चाहान्छन् । यस समस्याको समाधानका रुपमावायरलेस चार्जिङ क्षमतामा बृद्धिका लागि डिजाइन गरिएको ओपोद्वारा स्व(विकसित पृथकचार्ज पम्पप्रविधि र प्यारालल डुअल कोल डिजाइन सहितबजारकै अग्रणी वायरलेस फ्ल्याशचार्ज प्रविधिका रुपमा ६५वाट एयरभोक फ्ल्याशचार्ज उपलब्ध गराएको हो ।

६५ वाट एयरभोक वायरलेस फ्लयाशचार्जले ४ हजार एमएएचक्षमताको ब्याट्री सर्वाधिकतिब्र गतिमा मात्र ३० मिनेटको समयमा चार्ज गर्ने क्षमता राख्छ । यसले फ्रिक्वेन्सीमा हुने हस्तक्षेप न्यूनिकरण गर्दै वायरलेस चार्जिङलाई अझ ब्यापक रुपमा प्रयोग गर्न सकिने वातावरण मिलाइदिएको छ । यस प्रविधिले फाइभ(फोल्ड सुरक्षा उपायहरुको अवलम्बन गर्नुका साथै फरेन अब्जेक्ट डिटेक्सन फञ्सन पनि उपलब्ध गराएको छ । यो प्रविधिक्यूआई मानकसँग कम्प्याटिबल हुनुका साथै यसले प्रयोगकर्ताहरुलाई तार रहित सुपर फास्ट चार्जिङको सटिक अनुभवप्रदान गर्छ ।

त्यसैगरी, ओपोले ६५वाट एयरभोक ताररहित फ्ल्याशचार्जका लागि एउटा बैचारिक तार रहित चार्जर पनि प्रदर्शित गरेको छ । चार्जरमा मोल्डलेस ¥यापिड प्रोटोटाइपिङ प्रविधिद्वारा निर्मित सुन्दर कलात्मक ग्लासको प्रयोग गरिएको छ । कञ्जुमर ईलेक्ट्रोनिक्स मार्केटमा कुनै पनि प्रविधिमा यसको प्रयोग गरिएको यो नै पहिलो पटक हो ।

चार्जिङका क्रममा ह्यान्डसेट तातिने समस्याको समाधानार्थ भित्रिने र बाहिरिने ताप नियन्त्रणका लागि चार्जरको तल्लोपट्टी सेमिकन्डक्टर कुलरको ब्यवस्था गरिएको छ । यसमा समाहित फिचर्सका कारण फाइभजी यूगमा यो चार्जिङ प्रविधि प्रयोगकर्ताको पहिलो रोजाइमा पर्ने निश्चित प्रायः छ ।

उच्च क्षमताका अल्ट्रा स्मल चार्जर सिरिजःमिनी साइज तथा पोर्टेबल
ओपोले आजै विश्वकै सानो तथा पातलो ५० वाट मिनी सुपरभोक चार्जर र डुअल लेभर आर्किटेक्चर फिचर्स सुसज्जित ११०वाट िमनी फ्ल्याश चार्जर पनि सार्वजनिक गरेको छ ।

ओपोको ५०वाट मिनी सुपरभोक चार्जरको निर्माण मल्टि ¥याडियन कर्भ प्रक्रियामार्फत बिजनेस कार्ड होल्डरको आकारमा गरिएको छ । यसको बाहिरी वालको मोटाइ जम्मा १.०५ सीएम मात्र छ । यसको डिजाइनका कारण प्रयोगकर्ताले आफ्ना सर्ट तथा कोटका खल्तीमा यसलाई सहजै बोकी यात्रा गर्न सक्छन् । ५०वाट मिनी सुपरभोक चार्जर भोक प्रोटोकलसंग मिल्नुका साथै २७ वाट पीडी र ५०वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकल पनि सपोर्ट गर्छन् । यसको माध्यमबाट मोबाइलफोन्सका साथै ल्यापटप्स पनि चार्ज गर्न सकिन्छ । यसमा आकार समायोजनका लागि टोपोलोजिकल डिजाइनको प्रयोग गरिएको छ । उच्च क्षमताको पावर कन्भर्जनका लागि यसमा परम्परागत ईलेक्ट्रोलाइटिक क्यापेसिटरका स्थानमा पल्स चार्जिङ उपलब्ध गरिएको छ ।

ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा ओपोका अल्ट्रा(स्मलचार्जर सिरिजले जुनै बेला जहाँ पनि फ्ल्याशचार्जिङ उपलब्ध गराउने छन् । एउटै चार्जरको प्रयोग बहु उपकरण चार्जिङका लागि प्रयोग गर्न सकिने, चार्ज एण्ड गो अबको वास्तविकता हो ।

जुन २०२० सम्म आइपुग्दा ओपोेले फ्ल्याश चार्जिङका लागि २ हजार ८ सय भन्दा बढी ग्लोबल प्याटेन्टका निवेदन दिइसकेको छ । कम्पनीको ३० भन्दा बढी स्मार्टफोन मोडलमा उपलब्ध गरि सकिएको भोक फ्ल्याशचार्ज प्रविधिले विश्वभरका १५७ मिलियनभन्दा बढी प्रयोगकर्तालाई अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *