बिपी प्रतिष्ठानमा घटे कोरोना संक्रमित, आज थप २ जना डिस्चार्ज

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धानमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । प्रतिष्ठानबाट आज पनि थप दुई कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा सिरहाका १ र मोरङका १ जना छन् । दुबै जना पुरुष हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल प्रतिष्ठानमा ११ जना मात्रै कोरोनका बिरामीको उपचार भइरहेको छ । संक्रमित मध्ये २५६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

नयाँ कोरोना संक्रमित भने थपिएका छैनन् ।

प्रष्ठिानबाट हालसम्म ११ हजार ५ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *