राैतहटका ३६ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप एक काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ ।

रौतहटका ३६ वर्षीय पुरुषको दिउँसाे २ः३० बजे उपचारका क्रममा मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । डा. गाैतमका अनुसार उनी कोरोना संक्रमणबाट ज्यान गुमाएको आफ्नो दाजुको अन्तिम संस्कारका लागि भारत गएका थिए । असार २४ गते नेपाल फर्किएपछि क्वारेन्टिनमा बसेका थिए ।

असार २९ गते रुघाखोकी ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पताल वीरगञ्जमा आइसीयूमा भर्ना गरिएको थियो । सोही दिन नमुना संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षण गर्दा असार ३१ गते कोरोना पुष्टि भएको हाे ।

स्वास्थ्यमा थप समस्या आउपछि आज बिहानदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा दिउँसाे मृत्यु भएकाे हाे । याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 12 =