ओली-प्रचण्ड आ-आफ्नै अडानमा दृढ, आजको भेटघाट पनि निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको छलफल पनि निष्कर्षविहीन सकिएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयबीच भएको तीन घण्टे ‘वान टू वान’ वार्ता निष्कर्षविहीन सकिएको बालुवाटार श्रोतले जनाएको छ ।

यसअघि पनि ओली-प्रचण्डबीच पटक-टक भएको भेटमा निष्कर्ष निस्केको थिएन । उनीहरुबीच पछिल्लो पटक गत बुधबार भेटवार्ता भएको थियो ।

प्रचण्ड प्रधानमन्त्रीको राजीनामाकै पक्षमा दृढ छन् । उनीमाथि ओलीले राजीनामा नदिए पार्टी बैठकबाट निर्णय गरेर अघि बढ्न प्रचण्डमाथि माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरुको दबाब छ ।

तर पार्टीले बहुमतले निर्णय गर्दैमा प्राधानमन्त्री ओलीले पद नछाड्ने, बरु पार्टी विभाजन हुनसक्नेतर्फ प्रचण्ड सचेत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *