‘प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको टिप्पणी गरेको छ ।

बुधबार (आज) विज्ञप्ति जारी गर्दै नेकाका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा अयोध्या र रामको विषयलाई लिएर दिएको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयले गरेको स्पष्टीकरणालाई इंगित गर्दै यस्तो टिप्पणी गरेको हो ।

“पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूले केही गम्भीर प्रश्न सृजना गरेका छन् । प्रतिपक्ष दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तव्य भउको छ ।” प्रवक्ता शर्माद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?’

यस्तै कांग्रेसले वर्तमान स्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ र व्यवहार अर्कातर्फ हुने देशकै दुर्भाग्य भएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर व्यक्तिगत सनकको कैदी बन्न नमिल्ने उसको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *