सानिमा बैंककाे अगुवाईमा विभिन्न बैंकहरुद्वारा सि.जि. सिमेन्टमा लगानी

काठमाडौं । सानिमा बैंक लिमिटेडको अगुवाईमा विभिन्न बैंकहरुले सि.जि. सिमेन्टमा लगानी गरेका छन् ।

सानिमा बैंकको अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. को सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि र नेपाल एसबिआई बैंक लिमिटेडको सहभागितामा सि.जि. सिमेन्टमा लगानी भएको सानीमा बैंकले जनाएको छ ।

सि.जि.सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रा.लि.को Clinkerization Plant को क्षमता 1,950 TPD बाट 2,950 TPD मा विस्तार गर्न आवश्यक थप कर्जा २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न लगानी भएकाे हाे । यसबारे बैंकहरुबीच पुष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा आसार ३० गते पुरक सहवित्तीयकरण सम्झौता (Supplementary Syndicated Loan Agreement) भएको बैंककाे भनाइ छ ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *