नेकपा अध्यक्षद्वयबीच ‘वान टू वान’ वार्ता जारी, सहमति खोज्ने प्रयास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार (आज) पनि वान टू वान वार्ता जारी छ ।

भेटवार्ता बिहान ११ बजेबाट प्रधानमन्त्री सरकारी निवास बािलुवाटारमा शुरु भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठक गत १६ असारदेखि अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक २६ असारको लागि तय भए पनि मुलुकमा देखिएको बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

यसबीचमा दुई अध्यक्ष ओली र प्रचण्डबीच मंगलबार (हिजो) भेटवार्ता भए पनि वार्ता विनासहमति टुङ्गिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *