नेकपाका साथीहरू प्रमको अभिव्यक्ति राजनीतिक होइन भनेर नपन्छिनोस्, ओलीलाई बिदा गर्नोस् : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्रीको अभिव्यक्ति योजनाबद्ध ढङ्गको कुर्सी जोगाउने अस्त्र भएको बताएका छन् । नेता थापाले परराष्ट्र मन्त्रालयले दिएको स्पष्टीकरण पछि फेसबुकमा मार्फत प्रधानमन्त्रीको पदको बचाउ गर्ने पर्पन्च भएको बताएका छन् ।
उनले भनेका छन्, प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उटपट्याङ शैलीबाट आएको क्षणिक आवेगको रूपमा लिएको पाएँ। मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्सी जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।’
यस्तै उनले फेसबुकमा लेखेका छन्, ‘प्रमलाई राम्रोसँग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाईुकथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असङ्गत अभिव्यक्ति आएको हो।’
नेता थापाले प्रधानमन्त्री ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको बताएका छन् । उनले फेसबुकमा भनेका छन् , ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रूपमा नलिऔँ।यस्ता योजनाबद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔँ।’
उनले प्रधानमन्त्रीले देश भित्र र बाहिर उत्तेजना ल्याउने किसिमको अभिव्यक्ति दिएको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस्, अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्। उनले फेसबुकमा भनेका छन् ।









