प्रधानमन्त्रीको अर्को विज्ञता, ‘हात धुनलाई साबुन चाहिन्छ भन्नेहरु मूर्ख हुन्’

काठमाडौं । सामान्यभन्दा फरक खालका अभिव्यक्ति दिएर चर्चामा आइरहने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अर्को अभिव्यक्ति बाहिर आएको छ ।

विपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई ‘साबुन पानीले हात धुनु हुँदैन, हात धुँदा साबुन चाहिन्छ भन्नेहरु मूर्ख हुन्’ भनेर १९ मिनेट ननस्टप पढाउँदा दिएको अभिव्यक्ति बाहिर आएको हो ।

सो कुराको खुलासा स्वयं सांसद थापाले एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा गरेका हुन् । सांसद थापाले प्रधानमन्त्रीले आफूलाई साबुन पानीले हात हुनु हुँदैन, साबुन पानी खोज्नेहरु मूर्ख हुन्, भन्दै १९ मिनेट ननस्टप पढाएको बताए ।

“मैले पछिल्लो समयमा प्रधानमन्त्रीज्यूलाई भेट्दै गर्दा साबुन पानीले हात धुनु हुँदैन, साबुन चाहिन्छ भन्नेहरु मूर्ख हुन् भनेर भन्नुभयो ।” उनले प्रधानमन्त्रीलाई उदृत गर्दै अन्तरवार्ताका क्रममा भनेका छन्, ‘मलाई बाहिर आएर भन्न पनि लाज लाग्यो । उहाँले मलाई १९ मिनेट यस्तै कुरा गर्नुभयो । साबुन पानीले हात धुनु हुँदैन, तातोपानीले हात धुनुपर्छ भनेर नारा नै फेर्नुपर्ने भनेर भन्नुभयो ।’

यसअघि संसदमा ‘नेपालीसँग धेरै रोग प्रतिरोधात्मक क्षमता भएको छ’ भनेका प्रधानमन्त्रीको अभिव्यक्तिमाथि ‘कसले भनको’ भन्ने प्रश्न उठाएका सांसद थापाले पुनः आफूलाई पढाएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरससम्बन्धी फ्याटीय र बोसिय तत्व, बेसारे प्रवचनसँगै अन्य थुप्रै विवादस्पद अभिव्यक्ति दिएका छन् ।

प्रधानमन्त्री ओलीले विभिन्न समयमा विभिन्न विषयहरुमाथि कहिले विवादस्पद त कहिले व्यङ्ग्यात्मक अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *