सांसद शिवकुमार मण्डलको कारण विराटनगर डुवानमा परेको कांग्रेस सचेतककाे दावि (भिडियो सहित)

विराटनगर । सत्तारुढ नेकपाका सांसद, पूर्व आपुर्तिमन्त्री शिवकुमार मण्डलका कारण विराटनगरको दक्षिणी क्षेत्र डुवानमा परेको प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।

आइतबार प्रदेश १ को प्रदेश सभा बैठकमा बोल्दै सांसद कार्कीले विराटनगर डुबान हुनुमा सत्तारुढ दलकै सांसदको हात रहेको आरोप लगाएका छन् । उनले घुमाउरो रुपमा सांसद शिवकुमार मण्डल प्रति इंगित गर्दै विराटनगरको दक्षिणी क्षेत्र डुबान हुनुमा सांसद मण्डलको मुख्य हात रहेको आरोप लगाएका छन् ।

बुढीखोला तटबन्धका लागि भौतिक मन्त्रालयको बजेट २ करोड आएको र टेन्डर भएपनि सम्झौता नभएका कारण समस्या यथावत रहेको बताए । उनले सांसद शिवकुमार मण्डलकै कारण टेण्डर प्रक्रिया अगाडी बढ्न नसकेको जिकिर गरे ।

‘बुढी खोलाको लागि २ करोडको बजेट थियो अघिल्लो पटक भौतिक मन्त्रालय अन्र्तगत । कुनै संघिय सांसदको नातागोताकोमा टेण्डर पर्यो, आज उनै सांसदका नातागोताका कारणले गर्दा आज बुढी खोलाको तटबन्ध नभएको कारणले चारवटा बस्ती डुवानमा परेको छ । त्यहाँमा मान्छेहरु चाउचाउ र विस्कुट माग्नलाई फोन गरीरहेका छन् ।’ प्रमुख सचेतक कार्कीले भनेका छन् ।

पटक–पटक टेण्डर आह्वान गर्दा समेत अवरोध सिर्जना गरेका कारण बुढिखोलाको पानीले विराटनगरवासीलाई दुःख दिएको कार्कीको दावि छ । टेण्डरमा भएको झमेला विराटनगर डुबानको मुख्य आधार रहेको सांसद कार्कीको बुझाइ छ ।

बिराटनगरको दक्षिणी क्षेत्र सांसद मण्डलको निर्वाचन क्षेत्र समेत हो । यहाँका बासिन्दाले बर्षातको समयमा सास्ती बेहोर्दै आएका छन् । यस्तै कार्कीले विपद व्यवस्थापनको तयारीमा प्रदेश १ सरकार कमजोर रहेको बताएका छन् ।
प्रदेश सरकारले विपत व्यवस्थापनको नाममा कुनै तयारी नगरेको र नागरिकले समस्या बेहोर्नु परिरहेको कार्कीले आरोप लगाएका छन् ।

हेर्नुहोस भिडियो

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *