प्रधानमन्त्रीलाई अध्यक्ष लोहनीको प्रश्न- ‘अब कुरुक्षेत्र पनि झापामा गर्छ भनेर घोषणा गर्ने की ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति व्यङग्य गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब माहाभारतको कुरुक्षेत्र पनि नेपालको झापाको तल्लो फाटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो की ? भनेर व्यङग्य गरेका हुन् ।

 ‘अयोध्या नेपालमै रहेको र राम नेपाली थिए’ भन्ने प्रधानमन्त्रीको दाबी गरेपछि सर्वत्र आलोचना भईरहेको हो । अध्यक्ष लोहनीले प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ? भन्दै प्रश्न गरे । ‘सम्माननिय प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ?’ उनले अगाडि भनेका छन्- ‘वास्तवमा नेपालको परराष्ट सम्वन्ध लाइ धुजा–धुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ?’

पछिल्ला अभिव्यक्तिले देशको राष्ट्रियतामाथि नै प्रश्न उठेको भन्दै लोहनीले अब प्रधानमन्त्री कै पार्टीका नेताहरु र सबै नेपालीले सोच्ने बेला आएको टिप्पणी गरे । ‘वास्तवमा आज हाम्रो सिमानामा भारतीयहरुले अन्तर्राष्ट्रिय कानुनको विपरित बनाएको बाधहरुबाट तराइ, मधेसका थुप्रै जलमग्न गाउँकोको समस्याबारे नेपाल सरकारले बोल्नपर्ने हो,’ उनले भने- ‘तर यस्ता जनताको पिर र पीडामा प्रधानमन्त्रीलाई वास्ता छैन । यथार्थमा उहाँको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =