शैक्षिक परामर्श क्षेत्र सञ्चालन गर्न इक्यानद्वारा मन्त्रालयलाई सुझाव

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श सेवा सञ्चालनार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा गएको टोलीले मन्त्रालयको उच्चशिक्षा महाशाखाका प्रमुख रामशरण सापकोटालाई कोभिड (१९ बाट भएको शैक्षिक परामर्श क्षेत्रको संकटलाई सम्बोधन गर्न केही न्यूनतम उपायहरू बुझाएको छ ।

संघले शैक्षिक परामर्श सेवा क्षेत्रलाई महामारी अतिप्रभावित क्षेत्रको रुपमा सुचिकृत गर्ने सम्बन्धमा, शैक्षिक परामर्श सेवा क्षेत्रमा सिमित गतिविधि सञ्चालन गर्न स्विकृती दिने सम्बन्धमा, कोभिड–१९ कम प्रभावित वा जोखिम कम भएका मुलुकहरुका लागि नो अब्जेक्सन लेटर जारी गर्ने सम्वन्धमा ज्ञापनपत्र बुझाएको संघका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

उनका अनुसार संघले अनलाईन एनओसी जारी गर्ने सम्बन्धमा, विद्यार्थी कल्याण कोषको ब्यवस्था सम्वन्धमा र स्वास्थ्य सुविधा सम्वन्धि तोकिएको मापदण्ड पुरा गरि भाषा परीक्षाहरु सञ्चालन गर्ने सम्वन्धमा पनि उपायहरु मन्त्रालयलाई दिएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका कन्सल्टेन्सी व्यवसायीहरु धरासायी हुने अवस्था पुगेको र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरु समेत समस्यामा परीरहेको बताउँदै इक्यानले सरकारलाई कन्सल्टेन्सी क्षेत्र सञ्चालन गर्न अनुमति दिन माग गरेको हो ।

मन्त्रालयलाई उपायहरु बुझाउन संघका अध्यक्ष प्रकाश पाण्डेसँगै महासचिव दिपकराज भुसाल, सदस्य रत्न भट्टराई र सदस्य भबनाथ हुमागाई गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *