नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाख बिमा रकम हस्तान्तरण

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक शाङ्गे शेर्पाको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

मृतक शेर्पाको खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको १५ लाख रकम बैंकले उनकी श्रीमतीलाई हस्तान्तरण गरेको हो । उनकी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले आज (सोमबार) बैंकको केन्द्रिय कार्यालय कमलादी एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *