‘जिम्मेवारीका बारेमा नेपाली मिडियाबाट भारतले सिक्नुपर्छ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जिम्मेवारीका बारेमा भारतीय मिडियाले नेपाली मिडियाबाट सिक्नुपर्ने बताएका छन् ।

भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपालका बारेमा नानाभाँतीका समाचार तथा रिपोर्टहरु सम्प्रेषण गरिरहेका बेला नेता कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तै उनले भारतीय मिडियाले भारत–नेपालबीचको सम्बन्धलाई समेत बिगार्न सक्ने बताएका छन् । “केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्रहत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामाग्री प्रशारण गर्नु दुःखद कुरा हो । मिडियाको जिम्मेवारी उनीहरुले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।” उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखेका छन् ।

नेपालले भारतीय मिडियाले असत्य सामग्रीहरु सम्प्रेषण गरेको निष्कर्ष निकाल्दै ‘प्रोटेस्ट नोट’ पठाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *