‘जसपाभित्र एमसीसी अझै छलफलमा छ, भ्रममा नपरौं’

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) का सन्दर्भमा जनता समाजवादी पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको प्रष्ट पारेको छ । जनता समाजवादी पार्टीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै निर्णय नभएको बताएको हो ।

पार्टीले एमसीसी भित्र अझै छलफल चलिरहेको बताउँदै जसपा एमसीसीको विपक्षमा उभिएको भन्दै बाहिररिएका खबरहरु गलत रहेको बताएको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको उल्लेख छ । ‘हाल यस सम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’

विवादित एमसीसी परियोजना संसदबाट पारित गराउने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र तिब्र मतभेद छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस एमसीसीका पक्षमा देखिएको भएपनि संसदमा तेस्रो ठूलो दलको हैसियतमा रहेको जसपाले निर्णय लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *