भारतीय न्युज च्यानलहरूमाथिको बन्देज कायमै राखिने

काठमडौं । सरकारले भारतीय न्युज च्यानलहरूमा लगाइएको बन्देज तत्काल खोल्न नसकिने बताएको छ ।

सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले हाल बन्द गरिएका केही भारतीय न्युज च्यानलहरूमाथिको बन्देज तत्काल खोल्न नसकिने बताएका हुन् ।

‘अत्यन्तै दुरासयपूर्ण भनेर केही न्युज च्यानलहरूलाई बन्द गरिएको छ, यसमा सेवा प्रदायक एमएसोहरुले स्वतःस्फूर्त ढङ्गले समाजप्रतिको आफ्नो जिम्मेवारी बोध गरेर रोक्नु भएको छ, ती मिडियाहरूले आफूलाई सुधारेको स्थिति नबनुन्जेल यो कायम राखिने छ ।’ मन्त्री खतिवडाले भने ।

भारतीय सञ्चार माध्यमहरूले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक समाचार बनाउँदै आएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम जोडेर विभिन्न सामग्री प्रकाशन/ प्रसारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =