जाजरकोट पहिरो अपडेट : थप एक जनाको शव फेला, मृतकको संख्या ११ पुग्यो
२०७७ असार २८ गते

जाजरकोट । जाजरकोट पहिरोमा हराइरहेका थप एक जनाको शव फेला परेको छ । बिहीबार राति बाकरकोटे गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा हराइरहेकी १३ वर्षीया लक्ष्मी सार्कीको शव फेला परेको हो । यो सँगै जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
पहिरोले दुई घर बगाएको थियो । पाहुना बस्न आएका १२ जना पनि बेपत्ता भएका थिए ।
पहिरोका कारण करिब ५ सय घर परिवार विस्थापित भएका थिए । पहिरो जानथालेपछि बारकोटका ३२ घर, गोठगाउँका ८ घर तथा मैना गाउँका ५० भन्दा बढी घर विस्थापित भएका थिए । विस्थापितलाई विद्यालयमा राखिएको थियो ।
याे पनि,
जाजरकोटमा पहिरो: ९ जनाको शव भेटियो, ५ सय परिवार विस्थापित
२०७७ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








