महामारीविरुद्धको हाम्रो लडाइँमा आशा जागेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्धको लडाइँमा आशा जागेको उल्लेख गरेका हुन् ।

आइतबार (आज) आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा लेख्दै मन्त्री ज्ञवालीले महामारीविरुद्धको लडाइँमा आशा जागेको उल्लेख गरेका हुन् ।

‪“दैनिक संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै जाँदा (आजको नयाँ संक्रमण ८२ र डिस्चार्ज १४७) र कूल संक्रमितको ५१.१ प्रतिशत (कूल संक्रमित १६,८०१ मध्ये ८,५८९) कोरोना मुक्त हुँदा महामारीविरुद्धको हाम्रो लडाइँमा आशा जागेको छ । तर उच्च जोखिम कायमै छ, सतर्क रहौं, ढुक्क नबसौं ।” उनले उल्लेख गरेका छन् ।

यस्तै उनले संक्रमण दर घटेर डिस्चार्ज हुनेको संख्या बढेपनि ढुक्क बस्ने स्थिति भने नभएको बताएका छन् ।‬

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *