‘पार्टीमा राष्ट्रघाती र राष्ट्रवादी भन्ने छैन, सबैले मिलेरै नक्सा बनाएका हौँ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज (आइतबार) नेकपा चितवनद्वारा भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘पार्टी विभाजन हुन दिइदैन । मुलुक बाढी पहिरोको उच्च जोखिममा रहेका बेला पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अघि बढ्नेछौँ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नयाँ नक्सा सार्वजनिक गरिएको विषयमा पनि आफ्नो धारणा राखेका छन् । नयाँ नक्सा सबै मिलेर ल्याएका कारण कसैलाई देवत्वकरण गरिरहनु आवश्यक नरहेको उनको तर्क छ ।

‘मलाई कार्यकारी अध्यक्ष भनेपछिको पहिलो बैठकमै मैले तुरुन्त नक्सा प्रकाशित गर्नैपर्छ भनेर निर्णय गराएको हुँ । अहिले पार्टीमा कोही राष्ट्रघाती र कोही राष्ट्रवादी भनेर देखाउन खोजिएको छ’, अध्यक्ष दाहालले भने, ‘सबै मिलेर नक्सा बनाइएको हो । अहिले पार्टीभित्र मुर्दावाद र जिन्दावाद किन ? ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *