बालाजु प्रहरी वृत्तका इन्सपेक्टरलाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बालाजुका एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रबार (हिजो) नमूना परीक्षणका क्रममा उनलाई संक्रमण भएको खुलेको हो । विगत एक वर्षदेखि कार्यालयमै रहेर काम गरिरहेका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमित इन्सपेक्टर बन्दाबन्दी शुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री नरहेका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गत १४ असारमा ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौं परिसरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =