विश्वविद्यालयलाई ‘सत्तारुढ दलको कार्यकर्ता भर्ती केन्द्र’ नबनाइयोस् : नेविसंघ

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ‘सत्तारुढ दलको कार्यकर्ता भर्ती केन्द्र’ नबनाउन माग गरेको छ ।

शुक्रबार (आज) ज्ञापनपत्र लिएर विश्वविद्यालय पुगेका विद्यार्थी नेताहरुले विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति पारदर्शी बनाउनुपर्नेलगायतका मागहरु नेविसंघले राखेको छ ।

यस्तैगरी संघले सबै अवाञ्छित नियुक्ति बदर गर्न, शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागवण्डाको अन्त्य गर्नसमेत माग गरेको महामन्त्री दीपक भट्टराईले बताए ।

विश्वविद्यालय विशेषगरी कर्मचारी छनोटदेखि प्राज्ञिक नेतृत्वको नियुक्तिसम्मको कार्यमा विवादित बन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *