एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर सूचीकरण

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर नेपाल स्टक एकसचेन्जमा (नेप्से) मा सूचीकरण भएको छ ।

सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर असार २४ गतेबाट नेप्सेमा सूचीकरण भएको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट २०७६ को चैत्र ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २,३७,८०,००० कित्ता शेयर माग गरी आवेदन प्राप्त भएको थियो । ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसाबले जम्मा २,३७,८०० कित्ता शेयर बाँडफाँड भएको थियो ।

कर्मचारीहरुलाई ७४,००० कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४,००० कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४,४३,२०० कित्ता शेयर सर्वसाधरणको लागि बिक्री खुल्ला गरिएको शेयर निष्काशन असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको थियो । उक्त संस्थाको प्राथमिक शेयर खरिद गर्न ३,९७,७४१ वटा आवेदन मार्फत सर्वसाधारणहरुले निवेदन दिएको पनि संस्थाले जानकारी दिएको छ ।

संस्थाले आ.व. २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड पुर्याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब १ करोड पुुर्याउन वित्तीय संस्था सफल भएको छ । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ प्रतिशत र प्रतिशेयर आम्दानी रु १६.३० रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *