‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ नेप्सेमा सूचिकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।

एक विशेष समारोहका बिच सो सम्बन्धी समझदारीपत्रमा असार २५ गते हस्ताक्षर भएसँगै नेप्सेमा सुचिकृत भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए । योसँगै अब उक्त ऋणपत्र नेप्से मार्फत कारोबार गर्न सकिनेछ ।

२ अर्ब ५० करोड बराबरको (रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता ) ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ २०७६/११/२० गतेदेखि २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकको नीतिलाई शिरोधार्य गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरेको छ । असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ समेत भइसकेको छ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ भने बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *