ओली–प्रचण्डबीचको दुई घण्टा लामो छलफल बिना निष्कर्ष सकियो

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो वार्ता बिना निष्कर्ष सकिएको स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक पनि २६ गतेका लागि सारिएको छ ।

नेकपा भित्रको आन्तरिक विवादका कारण सरकार सञ्चालनमा समेत बाधा उत्पन्न भइरहेको अवस्थामा अध्यक्षद्वयबीच छलफल जारी छ । तर निष्कर्ष भने निस्किन सकेको छैन ।

नेकपाका शीर्ष नेतृत्वबीचको विवादले पार्टी अहिले कुन बाटोमा जाने भन्ने नै अनिश्चित भएको छ । प्रधानमन्त्रीलाई नेकपा भित्रबाटै राजीनामा दिनको लागि दबाब बढेपछि विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *