बिपी प्रतिष्ठानबाट आज ३ जनाले जिते कोरोना
२०७७ असार २४ गते

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेशनमा उपचाररत ३ जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा झापाका २ र सुनरीका एक जना रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।
कोरोना जित्नेमा २ महिला र १ पुरुष छन् । यसकासाथै हालसम्म प्रतिष्ठानबाट कूल २१४ जना कोरोना जितेर घर गइसकेका छन् । अब प्रतिष्ठानमा ४४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । हालसम्म बिपी प्रतिष्ठानबाट १० हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ ।
नेपालमा आज २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ ।
कोरोना जित्नेको संख्या ७,७५२ पुगेको छ ।
२०७७ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित









