एक्जीम कोड नविकरणको म्याद असोेज मसान्तसम्म थप गर्न नाडाको अनुरोध

काठमाडौं । एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्मका लागि थप गर्न नाडाले अनुरोध गरको छ । नाडा एशोसिएशनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजश्व समितिका उपसभापति कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्म थप गर्न अनुरोध गरेको नाडाले जनाएको छ ।
नाडाका अनुसार नेपालमा तीस हजार व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता छन् । बन्दाबन्दी कायम रहेको, सडकमा जोड विजोडको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्चले जिरो आवर घोषणा गरेको अवस्था छ । नविकरण गर्ने कम्पनीहरु एक हजार ५ सयको संख्यामा मात्र छन् । यसै सन्दर्भमा कम्पनीहरुले निर्धारित समयावधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले नविकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको हो । नविकरणको म्याद थप गरेमा यस्तो जटिल र विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने नाडाको अपेक्षा रहेको छ । एक्जीम कोड नविकरण गर्ने म्याद यहि आषाढ मसान्तसम्म मात्र रहेको छ ।
छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचायर्, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थ्तिि रहेको थियो ।








