बंगलादेशबाट आउने उडानमा इटालीले लगायो रोक

काठमाडौं । इटालीको सरकारले बंगलादेशबाट आउने फ्लाइट एक हप्ताका लागि रद्द गरेको छ ।

सोमबार बंगलादेशबाट आएको एक फ्लाइटमा रहेका अधिकांश मानिसहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका कारण त्यहाँको फ्लाइट रद्द गरिएको इटालीका स्वास्थ्य मन्त्रीले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक हप्ताको समयमा इटाली एयरपोर्टमा यूरोप बाहिरबाट आएका फ्लाइटको स्क्रीनिङको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *