बिपी प्रतिष्ठानमा थपिए ५ संक्रमित, ११ जनाले जिते काेराेना

 

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ५ जना नयाँ कोरोना संत्रमित थपिएका छन् । प्रतिष्ठानमा ५ जना नयाँ कोरोना संक्रमित थपिएसँगै हाल ४७ जनाको उपचार भइरहेको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिष्ठानबाट आजै ११ जनाले कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता सापकोटाले बताए । आज डिस्चार्ज हुनेमा झापाका ७ जना र सुनसरीका ४ जना छन् । जसमध्ये ४ जना महिला र ७ जना पुरुष छन् ।

योसँगै प्रतिष्ठानबाट हालसम्म २ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिष्ठानमा हालसम्म १० हजार ५ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता सापकोटाले बताए ।

गत २४ घण्टामा नेपालमा २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कूल कोरोना संक्रमित हुनेको संख्या १६ हजार १ सया ६८ पुगेको छ । जसमध्ये ७ हजार ४ सय ९९ जनाले कोरोना जितेका छन् ।

नेपालमा कोरोना संक्रमणको दर घटदो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएकोमा मंगलबार ४ जिल्लामा संक्रमण देखिएको छैन ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने ३५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =