बिपी प्रतिष्ठानमा एक कोरोना संक्रमित थपिए

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमित भर्ना भएका छन् । प्रतिष्ठानमा हाल एक जना थपिएसँगै ५३ जनाको उपचार भइरहेको प्रवक्ता निदेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिष्ठानबाट हालसम्म २०० जना कोरोना जितेर घर फर्किसकेका छन् ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ जना पुगेकोमा ६ हजार ८ सय ११ जना कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =