थप १८० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्रै ५४ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै ५४ जना रहेका छन् । कामाडौंमा २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी संक्रमित अन्य जिल्लाका रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार आज थप १८० जनामा कोरोना पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । संक्रमितमध्ये ६ हजार ८११ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २६४ जना डिस्चार्ज भएका छन् ।

९ हजार ११८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा २९ हजार २१५ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =