नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।

सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा तीन पाइलट र चार जना उडान कर्मचारीमा काेराेना पाेजेटिभ देखिएकाे एयरलाइन्स स्रोतले जनाएकाे छ । संक्रमित हुनेहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न थिए । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।

यसअघि विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा पनि कोरोना संक्रमण देखिएको थियाे । कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । सानो गौचरनस्थित एक अपर्टामेन्टमा एक अर्का पाइलटसँगै बस्दै आएका थिए । ती पाइलट हिमालय एअरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =